काठमाडौं । राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंकाे बन्दी प्रत्येक्षीकरण रिट पेशी चढेको छ ।
अदालतका न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेको इजलासमा परेको छ ।
विद्युतीय अपराध, सम्पत्ति शुद्धीकरणसहितको आरोपमा यही मंसिर ४ मा पक्राउ परेका प्रसाईं प्रहरी हिरासतमा छन् । प्रहरीलाई काठमाडौं जिल्ला अदालतले हिरासतमा राखेर अनुसन्धानको अनुमति दिएका कारण उनी दोस्रोपटकको म्याद थपपछि प्रहरी हिरासतमै रहेका छन् । तर, उनका छोरा निराजनले प्रसाईंलाई गैरकानुनी थुनामा राखिएको भन्दै यही मंसिर ८ गते बन्दीप्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले ९ गते बन्दीलाई अदालतमा उपस्थित गराउने आदेश दिएको थियो । बुधबार उनलाई अदालतमा उपस्थित गराइए पनि बयान नगरी हिरासत फर्काइएको थियो । प्रसाईंलाई आज हिरासतमै बयान गराएर सुनुवाइ हुने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्