काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले उद्योगहरूमा तत्काल बिजुली नकाट्ने निर्णय गरेको छ ।
प्राधिकरणको सञ्चालक समितिको बुधबार बसेको बैठकले बक्यौता नतिर्ने उद्योगहरूमा तत्काल लाइन नकाट्ने निर्णय गरेको हो ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले लाइन नकाट्ने निर्णय गरेको प्राधिकरणका एक कर्मचारीले जानकारी दिए ।
उनका अनुसार विद्युत नियमन आयोगको चिठीअनुसार तत्काल उद्योगमा बिजुली नकाट्ने तर, वैकल्पिक बाटो प्रयोग गरेर पैसा उठाउने निर्णय गरेको हो ।
मंगलबार विद्युत नियमन आयोगले उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएको थियो ।
यसअघि प्राधिकरणले ट्रंकलाइन तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने उद्योगको लाइन काटिदिएको थियो ।
सरकारले प्राधिकरणलाई बिजुली जोड्न निर्देशन दिएपछि प्राधिकरणले बिजुली जोडेर १५ दिनभित्र बक्यौता नतिर्ने उद्योगमा फेरि लाइन काटिने सूचना निकालेको थियो । १५ दिनको अवधि आज सकिँदैछ ।
प्रतिक्रिया दिनुहोस्