मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )कार्यक्षेत्रमा सहकर्मीहरूको सम्मान गर्दा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लेनदेनमा पारदर्शिता राख्नुहोस्। विद्यार्थी वर्गहरू सफल रहनेछन्। दूरसञ्चारको माध्यमबाट शुभ सूचना मिल्नेछ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )कार्यक्षेत्रमा विवादको सम्भावना रहेको छ। समस्यालाई ढाकछोप गर्नुभन्दा त्यसलाई सुल्झ्याउने प्रयास गर्नुहोला। नोकरी वा पेशामा अधिकारीहरुको कुरालाई गम्भीरताले लिनुहोला। साझेदारी व्यापारमा लाभ पाइनेछ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )कार्यक्षेत्रमा आलस्य नगरौं। वाणीले गर्दा बनेको कार्य बिग्रिन सक्छ। कार्यक्षेत्रमा नयाँ निर्णयको लागि समय अनुकूल छैन। स्वास्थ्यमा ध्यान दिनुहोला। वाहनमा खर्च हुने सम्भावना छ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )अचानक धनलाभ हुनाले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा अग्रिम बनाएका कार्यहरूले सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। रोजगारीका निम्ति विदेश जानेहरूलाई सफलता मिल्नेछ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )कार्यक्षेत्रमा गरिएको कामको जस नमिल्नाले मन दुखी हुनसक्छ। मातापिताको आशीर्वाद लिएर नौकरी वा पेशामा अगाडि बढ्दा रोकिएका कामहरूमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा सहकर्मीहरुको साथ नमिल्ला।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )कार्यक्षेत्रमा अनुभवको कमीले कार्य अड्किने संभावना छ। पारिवारिक समस्याहरू सुल्झिनेछन्। व्यक्ति विशेषलाई ऋण दिनदेखि बच्नुहोस्। वस्त्र आभूषण आदि उपहार पाइनेछ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )समाजमा कार्यकुशलताको चर्चा हुनेछ। परिश्रमीहरूका लागि समय उत्साहजनक रहेको छ। बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। आर्थिक पक्ष मजबुत रहनेछ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )नोकरी वा पेशामा अधिकारको लागि संघर्ष गर्नुपर्ला। कार्यक्षेत्रमा शत्रुपक्ष पराजित हुनेछन्। आर्थिक कारोबारमा नयाँ उपलब्धिहरूले काममा हौसला बढ्नेछ। चल अचल सम्पत्ति जोड्ने समय रहेको छ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )कानुनी मामिलामा जानकारको सल्लाह अवश्य लिनुहोला। वोली र व्यवहारमा संयम राख्नुहोस्। कार्यस्थलमा समस्याहरू बढ्नेछन्। यात्रा कष्टपूर्ण रहनेछ। कार्यक्षेत्रमा विरोधीहरूको सामना गर्नुपर्ने हुन्छ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )कार्यक्षेत्रमा गोपनीयता राख्नुहोला। शेयर बजारबाट लाभ मिल्ने छ। ईष्या गर्नेदेखि बच्नुहोस्। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। साथीभाइसँग भेटघाटले मन प्रसन्न रहनेछ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )नोकरी वा पेशामा अधिकारी वर्गसँग मनमुटाव रहनेछ। कार्यक्षेत्रमा आयस्रोत बढ्नेछ। राजनीतिक क्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। नयाँ नोकरी मिल्न सफलता पाइनेछ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) दिन ऊर्जावान रहनेछ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी मिल्नेछ। सहकारी तथा वित्तीय संस्थाबाट लाभ मिल्नेछ। वैदेशिक रोजगारको अवसर पाइनेछ। अध्ययन अध्यापनको लागि समय उपयुक्त रहेको छ। धार्मिक यात्रा गर्नुपर्ला।
प्रतिक्रिया दिनुहोस्