Ads

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

चीन भ्रमणको पुर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले आज मन्त्रिपरिषद बैठक बोलाएका हुन् ।

बैठक आज अपराह्न ५ बजे बालुवाटारमा बस्नेगरी बैठक बोलाएको हो । बैठकमा प्रधानमन्त्रीको चीन भ्रमण र नेपालले तय गरेका एजेण्डाका बारेमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा चिनियाँ परियोजना (बीआरआई) कार्यान्वयन सम्झौताका सम्बन्धमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

प्रधानमन्त्री ओली सोमबार ८७ सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै चीनको राजधानी वेइजिङ जाँदैछन् । प्रधानमन्त्रीको टोली चार दिने भ्रमण पुरा गरेर मंसिर २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू