काठमाडौं। भारतीय चर्चित क्रिकेटर शिखर धवनसहित कर्णाली याक्सका खेलाडीहरूले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
धवनसहित नेपाल प्रिमियर लिग (एनपीएल) टोली कर्णाली याक्सका खेलाडीले आइतबार बिहान पशुपतिनाथ मन्दिरको दर्शन गरेका हुन् ।
कर्णालीका कप्तान सोमपाल कामीसहित गुल्शन झा, प्रशिक्षक ज्ञानेन्द्र मल्ल र फेस अफ कर्णाली याक्स स्वस्तिमा खड्कालगायतले मन्दिर दर्शन गरे।
प्रतिक्रिया दिनुहोस्