Ads

सरकारी वकिल कार्यालयमा रवि लामिछानेको बयान जारी


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि आइतबार पनि सरकारी वकिलको कार्यालय काठमाडौँ लगिएको छ।

शुक्रबार बयान नसकिएकाले उनलाई आइतबार पनि लगिएको प्रहरीले जानकारी दिएको छ।

कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा बिहीबार साँझ कास्कीबाट काठमाडौँ ल्याएर उनलाई प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको थियो।

उनलाई लिन काठमाडौँ प्रहरी परिसरका एसपी नवराज अधिकारी आफैँ विमानस्थल पुगेका थिए। लामिछानेसँग शुक्रबारदेखि बयान लिन थालिएको थियो।

शुक्रबार ६ घण्टा लामो बयान लिइएको थियो।

Ads

सम्बन्धित पोष्टहरू