Ads

उपनिर्वाचनः झापा कन्काई-६ मा स्वतन्त्र उम्मेदवार ओली विजयी


भद्रपुर (झापा)। झापाको कन्काई नगरपालिका–६ मा स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद ओली निर्वाचित भएको छ । आज भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार ओलीको चार सय ९३ मत प्राप्त गरी विजयी भएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।

उनका अनुसार नेकपा ९एमाले० का तुलाराम बस्नेतले तीन सय ५६ मत, नेपाली कांग्रेसका रामगोपाल ओलीले तीन सय १७ मत, नेकपा ९माओवादी केन्द्र० का गणेशबहादुर थापाले दुई सय ७७ मत प्राप्त गरे ।

यसअघि २०७९ सालमा भएको निर्वाचनमा नेकपा ९एमाले० का दीर्घबहादुर थापा पाँच सय आठ मत ल्याई निर्वाचित भएको थियो । कन्काई–६ मा कूल दुई हजार ५८ मतदाता रहेकामा एक हजार पाँच सय १३ मत खसेको निर्वाचन अधिकारी नेपालले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू