Ads

उपनिर्वाचनः रौतहटको ईशनाथ-७ मा कांग्रेसका खलिक विजयी


काठमाडौँ, । रौतहटको इशनाथ नगरपालिका वडा नं ७ को अध्यक्षमा नेपाली कांग्रेसका शेख अब्दुल खलिक विजयी भएको निर्वाचन आयोगले जनाएको छ ।

आइतबार सम्पन्न उपनिर्वाचनमा कांग्रेसका खलिकले छ सय २७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का शेख अनवारले पाँच सय ७५ मत प्राप्त गरे ।आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी०का सदरे आलमले चार सय ५२ मत प्राप्त गर्दा जनमत पार्टीका शेख जमिरुल हकले एक सय ३५ मत प्राप्त गरे ।

साथै नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का शेख अमिरुलले २४, राष्ट्रिय प्रजातन्त्र पार्टीका मदन शाहले १४, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का शेख असराजले छ र जनता समाजवादी पार्टी नेपालका शेख अब्दुल अहदले चार मत प्राप्त गरेका छन् । साथै स्वतन्त्र उम्मेदवारहरु शेख अंजर हुसेनले दुई, शेख अबुजैरले एक र शेख नजिरुलले एक मत प्राप्त गरेका छन ।

Ads

सम्बन्धित पोष्टहरू