काठमाडौं । स्थानीय तह उपनिर्वाचनको ३४ स्थानको नतिजा सार्वजनिक भएको छ ।
आइतबार ४१ पदका लागि निर्वाचन भएकोमा सोमबार बिहानसम्म ३४ स्थानको नतिजा सार्वजनिक भएको हो ।
हालसम्म नेपाली कांग्रेसले सबैभन्दा बढी १५ सिटमा जित निकालेको छ । एमाले र माओवादी केन्द्रका उम्मेदवार समान ७/७ सिटमा विजयी बनेका छन् । त्यसैगरी, जसपा नेपाल दुई स्थानमा विजयी हुँदा रास्वपा, नेकपा (एकीकृत समाजवादी), नेमकिपा र स्वतन्त्र उम्मेदवार १/१ स्थानमा विजयी भएका छन् ।
कांग्रेसले जितेका स्थान
१. मुसिकोट नगरपालिका–१
२. भीमदत्त नगरपालिका–६
३. ठाकुरबाबा नगरपालिका–४
४. सुर्मा गाउँपालिका–४
५. हेटौडा उपमहानगरपालिका–१२
६.गढी गाउँपालिका–६
७. ईशनाथ नगरपालिका–७
८.रुन्टीगढी गाउँपालिका–४
९. कीर्तिपुर नगरपालिका–१
१०. पूर्वीचौकी गाउँपालिका–६
११. दुहुँ गाउँपालिका–५
१२. कुसे गाउँपालिका–७
१३. राजपुर नगरपालिका–६
१४.लालीगुराँस नगरपालिका–८
१५.सानीभेरी गाउँपालिका–५
नेकपा (एमाले) विजयी भएका स्थान
१. मोलुङ गाउँपालिका–५
२. सिरीजङ्घा गाउँपालिका–३
३. दुल्लु नगरपालिका–१३
४.दैलेखको महाबु गाउँपालिका (अध्यक्ष)
५. बाजुराको स्वामिकार्तिक गाउँपालिका (उपाध्यक्ष)
६.शुद्धोधन गाउँपालिका–१
७.रामगोपालपुर नगरपालिका–२
माओवादी केन्द्र विजयी स्थान
१. मोरङको ग्रामथान गाउँपालिका (अध्यक्ष)
२. नलगाड नगरपालिका (उपप्रमुख)
३. ककनी गाउँपालिका–२
४. त्रियुगा नगरपालिका–१२
५. धनुषाधाम नगरपालिका–१
६.गोरखा नगरपालिका–५
७. पुथा उत्तरगंगा–२ (निर्विरोध)
जसपा नेपाल निर्वाचित भएको स्थान
१. डाक्नेश्वरी नगरपालिका–१
२. डाक्नेश्वरी नगरपालिका–४
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचित स्थान
१. काठमाडौं महानगरपालिका–१६
नेकपा (एकीकृत समाजवादी)
१. रौतहटको गढिमाई नगरपालिका– ८
नेमकिपा
१. तिलागुफा नगरपालिका–४
स्वतन्त्र
१. कन्काई नगरपालिका–६
प्रतिक्रिया दिनुहोस्