काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई बयानका लागि आज चितवन लगिएको छ ।
काठमाडौंमा बयान सकिएपछि सिधै चितवन लगिएको हो । चितवन उनको निर्वाचन क्षेत्र पनि हो । उनी सहकारी ठगी प्रकरणमा कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका हुन् ।
यसअघि पोखरा, बुटवल र काठमाडौंमा उनको बयान सकिएको छ । आजै बिहान चितवन पठाइएको काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्