काठमाडाैं । नेकपा एमालेले कोशी प्रदेशसभा संसदीय दलको प्रमुख सचेतकमा विदुर लिङ्थेपलाई नियुक्त गरेको छ ।
एमालेका संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मत कुमार कार्कीले लिङ्थेपलाई सोमबार प्रमुख सचेतक नियुक्त गरेका हुन् ।
प्रमुख सचेतक रेवतीरमण भण्डारी आन्तरिक मामिला तथा कानून मन्त्री भएपछि प्रमुख सचेतकको जिम्मेवारी लिङ्थेपलाई दिइएको हो ।
संखुवासभाको मादी नगरपालिकाका पूर्वमेयर समेत रहेका लिङ्थेप संखुवासभा-१ (२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
प्रतिक्रिया दिनुहोस्