Ads

बढ्यो आन्तरिक हवाई भाडा, कहाँ पुग्न कति? (सूचीसहित)


काठमाडौं। आन्तरिक तर्फको हवाई भाडा बढेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबारदेखि लागू हुनेगरि हवाई भाडा बढाएको जानकारी दिएको हो ।

क्यानका अनुसार नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रूपैयाँ बढाएसँगै आन्तरिक हवाई भाडा वृद्धि भएको हो ।

विराटनगर–धनगढीको भाडा १२५ रुपैयाँले बढ्दा काठमाडौं–धनगढीको भाडा ९० रुपैयाँले बढेको छ । पोखरा–भद्रपुरको भाडा ८० रुपैयाँले बढेको छ ।

त्यस्तै, विराटनगर–भैरहवा ८० रुपैयाँ, काठमाडौं–सिमराको भाडा १५ रुपैयाँ, काठमाडौं–विराटनग ५० रुपैयाँ, काठमाडौं–पोखरा ३० र काठमाडौं–भैरहवा ४० रुपैयाँले भाडा बढेको क्यानले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू