काठमाडाैं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीहरूले गणतन्त्रलाई बिचौलियाहरूको हितका लागि प्रयोग गरिरहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित गणतन्त्र सेनानी सम्मान २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।
‘गणतन्त्र त आयो तर, त्यो गणतन्त्र जनताकै हुन्छ कि हुँदैन भन्ने कुरा महत्त्वपूर्ण थियो र छ । प्रतिक्रियावादीहरूले गणतन्त्रलाई बिचौलियाहरूको हितका निम्ति प्रयोग गर्दैछन् । हामीले त्यसका लागि लड्नुपर्छ । विगत र वर्तमानको आकलन गर्दा फेरि माओवादी जनयुद्धका सहभागीहरू एकताबद्ध हुनैपर्ने आवश्यकता पैदा भएको छ । विभाजनको शृङ्खला रोकेर एकताको शृङ्खला सुरु गर्नेछौँ,’ दाहालले भने ।
उनले आफू अगाडि बढि नै सकेको पनि बताए । ‘म त अगाडि बढि नै सकेँ कमरेडहरू, अब माओवादी कसैको वैशाखी टेक्दैन, आफैँ लड्छ । जनताको तागत लिएर सडकमा आएर प्रतिक्रियावादीहरूलाई परास्त गर्छ,’ प्रचण्डले भने ।
प्रतिक्रिया दिनुहोस्