Ads

एनपीएलमा सुदूरपश्चिमको लगातार दोस्रो जित


कामठाडौं । नेपाल प्रिमियर लिग एनपीएलमा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ ।

आज कीर्तिपुरस्थित टीयु मौदानमा भएको खेलमा युवा बलर नरेन साउद नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गर्यो ।

प्रतियोगितामा सुदूरपश्चिमको यो लगातार दोस्रो जित हो । सुदूरपश्चिमले यसअघि पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ९० रनको जित निकालेको थियो ।

१६८ रनको लक्ष्य पछ्याएको काठमाडौं १५ ओभर ५ बलमा अलआउट भयो । नरेन जारी एनपीएद्यमा एकै खेलमा ५ विकेट लिने दोस्रो बलर तथा पहिलो नेपाली खेलाडी बने ।

यसअघि चितवन राइनोजका पाकिस्तानी बलर सोहल तनविरले काठमान्डु विरुद्ध नै ५ विकेट लिएका थिए ।

नरेन यू–१९ एसिया कप खेलेर हिजो मात्रै काठमाडौं आइपुगेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू