Ads

तोलामा ६ सय रुपैयाँले घट्याे सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा  ६ सय रुपैयाँले घटेर १ लाख ५० हजार १०० रुपैयाँ कायम भएको हो । बिहीबार सुन तोलाको १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १ हजार ८९० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार ८८० रुपैयाँमा कारोबार भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू