काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सविरुद्ध लज्जास्पद हारसँगै जनकपुर बोल्ट्सको अपराजित यात्रामा पूर्णविराम लागेको छ ।
जनकपुर आफ्नो पाँचौँ खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध ७२ रनले पराजित भएको हो ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा ब्याटिङ ‘कोल्याप्स’ हुँदा सुदूरपश्चिमले दिएको १२४ रनको लक्ष्य पछ्याउने क्रममा जनकपुर १२.१ ओभरमा ५१ रनमै समेटियो ।
योसँगै प्रतियोगितामा जनकपुरले सबैभन्दा कम योगफलमा समेटिने टिमको खराब कीर्तिमानसमेत बनाएको छ । यसअघि यो कीर्तिमान पोखरा एभेन्जर्सको नाममा थियो । प्रतियोगिताको पाँचौँ खेलमा चितवन राइनोजले पोखरालाई ७४ रनमै समेटेको थियो ।
प्रतिक्रिया दिनुहोस्