काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाडौं गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध १८ रनको जित निकालेको छ ।
काठमाडौंसँग पराजित भएसँगै लुम्बिनी एनपीएल–२०२४ को प्लेअफ दौडबाट बाहिरिने पहिलो टिम बनेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा काठमाडौंले प्रस्तुत गरेको १०४ रनको लक्ष्य पछ्याउने क्रममा काठमाडौंले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो ।
प्रतिक्रिया दिनुहोस्