काठमाडाैं । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।
लामिछानेलाई प्रहरीले कास्की जिल्ला अदालत उपस्थित गराएको हो । लामिछाने सहकारी ठगी प्रकरणमा गत कात्तिक २ मा काठमाडौंबाट पक्राउ परेका थिए । त्यसयता उनी प्रहरी हिरासतमा छन् ।
लामिछानेविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र सङ्गठित अपराधलगायतका कसुरमा अनुसन्धान गरिरहेको छ । प्रहरीले उनलाई बुटवल, काठमाडौं, चितवन र पर्सा लगेर बयान लिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्