Ads

२०८१ पुष २ गते मंगलवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रलाई लिएर यात्राका योग छन्। कार्यक्षेत्रमा एउटा कार्य सम्पादन गरेर मात्रै अर्को कार्य प्रारम्भ गर्नुहोला। सहयोगीहरूको सहयोग जुट्नाले नसोचेको लाभ उठाउन सकिनेछ।

वृष ( इवाविवुवेवो )उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। विद्यार्थी वर्गहरूको रचनात्मक वा कलात्मक क्षेत्रमा विकास देखिनेछ। संगीतको क्षेत्रमा विशेष उन्नति मिल्नेछ। पुरुषार्थले गर्दा कार्यमा सफलता मिल्नेछ।

 मिथुन ( काकिकुकेकोहा )साहस र पराक्रममा वृद्धि हुनेछ। नयाँ नोकरीको लागि इन्टरभ्यु आदिमा सफलता मिल्नेछ। पारिवारिक मेलजोलमा समय बित्नेछ। धर्म कर्मतिर रुचि बढ्नेछ।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )कार्यक्षेत्रमा अरूको जिम्मेवारी वहन गर्नुपर्ला। व्यापार व्यवसायमा पैसाको लेनदेनमा धोखा मिल्न सक्ला। स्वास्थ्यलाई लिएर खानपानमा ध्यान दिनुहोला। व्यवहारमा सरलता र परोपकारको भावना लिएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ।

 सिंह ( मामिमुमेमोटाटिटुटे )कार्यक्षेत्रमा मित्रको सहयोगले अप्ठ्यारो काम सम्पादन हुनेछ। अरूलाई सोधेभन्दा धेरै सल्लाह नदिनुहोला। व्यवसायमा लगानी थप्नुपर्ने परिस्थिति आउन सक्छ।

 कन्या ( टोपापिपुपेपो )नोकरी वा पेशामा उच्च अधिकारीबाट नयाँ जिम्मेवारी मिल्नेछ। कार्यक्षेत्रमा मान सम्मान बढ्नेछ। शेयर बजारको लगानीबाट लाभ मिल्ला। व्यापार व्यवसायमा आयस्रोत बढ्नेछ।

 तुला ( रारिरुरेरोतातितुते )धार्मिक संघसंस्था वा सम्मेलनमा जाने अवसर मिल्नेछ। आर्थिक कारोबारमा लाभ रहनेछ। व्यापार व्यवसायलाई लिएर दीर्घकालीन निर्णयहरु लीन सकिनेछ। कार्यक्षेत्रमा साझेदारको सहयोग मिल्नेछ।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )स्वरोजगारको लागि विदेश तिर ताक्नेहरूलाई नयाँ अवसर हात लाग्ला। कृषि वा पशुधनमा क्षय हुने सम्भावना रहेको छ। कार्यक्षेत्रमा सकरात्मक सोचले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ।

 धनु ( येयोभाभिभुधाफाढाभे )आज आत्मविश्वासले भरपुर रहनुहुनेछ। कार्यक्षेत्रमा मनग्य लाभ मिल्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। प्रेम सम्बन्ध कसिनेछ। व्यापार व्यवसायमा प्रशंसा पाउनुहुनेछ।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )कार्यक्षेत्रमा संघर्षपूर्ण समय बित्नेछ। कार्यक्षेत्रमा समयमा कार्यसम्पादन नहुनाले मन अप्रसन्न रहनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। व्यापार व्यवसायमा आकस्मिक धन लाभ रहनेछ।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )भाग्यले साथ दिनेछ। घर निर्माणमा ठेकापट्टा सम्बन्धी कामबाट लाभ पाइनेछ। सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कार्यक्षेत्रमा गरिएको कामको उचित प्रतिफल मिल्नेछ।

 मीन ( दिदुदेदोचा, चि )नयाँ वस्तु किन्नमा धन खर्चका योग छन्। व्यापार व्यवसायमा आफन्तको साथ मिल्नेछ। कार्यक्षेत्रमा जिम्मेवारी पूरा नहुनाले अज्ञात भय रहनेछ। नोकरी वा पेशामा आशा देखाउनेहरूको भर पर्दा दुःख मिल्नेछ।

Ads

सम्बन्धित पोष्टहरू