मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )कार्यक्षेत्रमा मानसम्मान बढ्नेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। धन आर्जनका नयाँ स्रोतहरू खुल्नेछन्। पारिवारिक सद्भाव बढ्नेछ। श्रमको उचित मूल्याङ्कन नमिल्ला।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )राजनीतिक क्षेत्रमा गरेको प्रयासमा सफलता मिल्नेछ। शासन वा सत्तापक्षबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा नयाँ अनुबन्धहरूले आयस्रोत बढ्नेछ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। दाजुभाइको साथ र सहयोग मिल्नेछ। गोपनीय कुरामा ध्यान पुर्याउनुहोला। मूल्यवान वस्तु हराउन सक्छ। आर्थिक कारोबार सबल रहनेछ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )वरिष्ठ व्यक्तिहरूको सहायताले धन आर्जनका नयाँ स्रोतहरू खुल्नेछन्। शैक्षिक प्रगति हुनेछ। नयाँ कार्यको प्रस्ताव आउनेछ। नयाँ पहिरनले व्यक्तित्वमा आकर्षकता लिएर आउनेछ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )समस्या पर्दा मित्रहरूबाट सहयोग मिल्नेछ। धार्मिक कार्यमा वा समाजसेवामा मन जानेछ। प्रलोभन देखाएर काम बनाउनेहरुलाई चिन्ने प्रयास गर्नुहोस्। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा सिनियर वा जुनियर दुबैको सहयोगले अप्ठ्यारो कार्य सम्पादन हुनेछ। आर्थिक साझेदारबाट पनि राम्रो लाभ मिल्नेछ। व्यापार व्यवसायमा शत्रुपक्ष हार खानेछन्।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )लामो समयदेखि प्रतिक्षा गरेको कार्य सम्पादन हुनेछ। व्यापार व्यवसायलाई लिएर लामो यात्रा गर्नुपर्ला। व्यापार भन्दा समाज मुलुकको लागि गरेको कामबाट लाभ पाइनेछ। नयाँ नोकरीको प्रयासमा सफलता मिल्नेछ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )आज हजुरले चिताएका काम पूरा हुने सम्भावना रहेको छ। भाग्यले साथ दिनेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा रुचि बढ्नेछ। आइटी क्षेत्रमा राम्रो सफलता पाइनेछ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )नसोचेको स्थानबाट धनप्राप्तिले मन हर्षित रहनेछ। आफन्तहरूको साथ मिल्नेछ। कार्यक्षेत्रमा बोलिको विपरीत प्रभाव पर्नेछ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )चुनौतीपूर्ण दिन रहेको छ। विश्वासीलो मित्रबाट सहायता मिल्नेछ। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। आध्यात्मिक ज्ञानको प्रेरणाले मानसिक सुख मिल्नेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )कार्यक्षेत्रमा प्रतिकूल परिस्थितिले चिन्ता बढ्नेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। शत्रुहरू सक्रिय रहनेछन्। कानुनको विपरीत कार्य नगरौँ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )व्यापार व्यवसायमा नयाँ कार्यको सुरुवात हुनेछ। राज्य पक्षबाट शुभ समाचार सुन्न पाउनुहुनेछ। सकारात्मक रहनुहोस् मुद्दा मामिलामा सफलता पाइनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ।
प्रतिक्रिया दिनुहोस्