काठमाडाैं । परराष्ट्र मन्त्री आरजु राणा देउवा भारतको दिल्ली पुगेकी छन्।
जर्मनबाट उनी भारतको दिल्लीतर्फ गएकी थिइन्।
परराष्ट्र मन्त्री राणालाई नयाँ दिल्लीमा नेपाली दूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाले स्वागत गरेका छन्। उनी शुक्रबार दिल्लीमा हुने इन्डो-नेपाल इकोनोमिक कन्फरेन्स सहभागी हुनेछिन्।
उनले पुस ६ गते आफ्नो स्वास्थ्य फलोअप गर्ने कार्यक्रम पनि छ। दिल्लीमा परराष्ट्र मन्त्री राणाले भारतीय विदेश मन्त्री एस जयशंकरसँग पनि भेट्ने सम्भावना छ।
प्रतिक्रिया दिनुहोस्