Ads

रविको तस्वीर सार्वजनिक गर्नेलाई कारबाही गर्छौं: जिप्रका कास्की


काठमाडौं । हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तस्विर सार्वजनिक भएको भनिएको विषयमा जिल्ला प्रहरी कार्यालय कास्कीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कार्यालयका प्रवक्ता डीएसपी बसन्त कुमार शर्माले बिहीबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै तथ्यपूर्ण अनुसन्धानलाई समेत नकारात्मक प्रभाव पार्ने गरी डा. निकोलस भुसालको फेसबुक पेजबाट प्रकाशित भई प्रहरीको व्यावसायिकतामा आँच आउने किसिमले विभिन्न सामाजिक संजालहरुमा सम्प्रेषण भएको तस्विरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

गोपनियता कायम राख्नुपर्ने विषयमा संवेदनशील रही सूचना र समाचार सम्प्रेषण गरी अनुसन्धान कार्यमा सहयोग गर्न सबैमा प्रहरीले अपिल गरेको छ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरको आरोपमा प्रहरीले अनुसन्धान गरिरहेको छ। दुई महिनाभन्दा धेरै समयदेखि हिरासतमा रहेका लामिछानेको हिरासत कक्षमा सुतिरहेको तस्विर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

प्रहरीले त्यो फोटो हिरासतमा रहेका रविको हो कि होइन भन्ने स्पष्ट खुलाएको छैन।

Ads

सम्बन्धित पोष्टहरू