Ads

२०८१ पुष ५ गते शुक्रवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )कार्यक्षेत्रमा मेहनतले गर्दा उल्झेका कुराहरू सुल्झिनेछन्। सामाजिक जीवनमा मानसम्मान बढ्नेछ। व्यापार व्यवसायमा नयाँ कामको रूपरेखा बन्नेछ।

वृष ( इवाविवुवेवो )कार्यक्षेत्रमा धैर्य र पराक्रमकमा वृद्धि हुनेछ। व्यापार व्यवसायमा भाइबहिनीहरूको साथ मिल्नेछ। सामाजिक वा सांस्कृतिक कार्यमा रुचि बढ्नेछ। अगाडि सम्पादित गरिएको कामबाट लाभ मिल्नेछ।

 मिथुन ( काकिकुकेकोहा )नोकरी वा पेशामा नयाँ जिम्मेवारीको वहन गर्नुपर्ने हुन्छ। व्यापार व्यवसायमा सामाजिक चिनजानबाट लाभ मिल्नेछ। कलाको क्षेत्रबाट विशेष सफलता पाइनेछ। आफन्तहरूको साथ र सहयोग मिल्नेछ।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )कार्यक्षेत्रमा इच्छाशक्ति बढ्नुको साथै लक्ष्य प्राप्तिमा सफलता मिल्नेछ। कानुनी मुद्दा मामिलामा सफलता मिल्नेछ। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला।

 सिंह ( मामिमुमेमोटाटिटुटे )वैदेशिक रोजगारको लागि अवसर प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। कार्यक्षेत्रमा आलोचक र अवसरवादीहरूसँग सावधान रहनुहोस्। यात्रा गर्दा आफ्नो सामानको सुरक्षा स्वयं राखौं।

 कन्या ( टोपापिपुपेपो )विद्यार्थीहरूलाई उच्च शिक्षाको लागि नयाँ अवसरहरू प्राप्त हुनेछ। रोकिएका कार्य सम्पादन हुनेछन्। कार्य क्षेत्रमा प्रतिद्वन्दीहरू पछि हट्नेछन्। मेहनतले जीवनशैलीमा परिवर्तन आउनेछ।

 तुला ( रारिरुरेरोतातितुते )नोकरी वा पेशामा कार्यकुशलताले विवादास्पद मामिलाहरू सुल्झाउनमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा आयस्रोत बढ्नेछ। महत्त्वपूर्ण निर्णयहरूमा घरपरिवारको सल्लाह लिनुहोला।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )व्यापार व्यवसायमा नयाँ अनुबन्ध व्यापार विस्तारको लागि सहायक रहनेछ। कार्यक्षेत्रमा नम्र व्यवहारले सहयोगीहरूको साथ मिल्नेछ। विद्यार्थीहरूको तर्क शक्तिमा वृद्धि हुनेछ।

 धनु ( येयोभाभिभुधाफाढाभे )नोकरी वा पेशामा लिएको निर्णयको प्रशंसा हुनेछ। सामाजिक सञ्जालमा बोल्दा शब्द चयनको ख्याल राख्नुहोला। आर्थिक पक्षमा हानिको योग हुनसक्छ। व्यापार व्यवसायलाई पारदर्शी राख्नुहोला।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )आर्थिक पक्ष मजबुत रहनेछ। नोकरी वा पेशामा वरिष्ठ जनहरूबाट प्रशंसा पाइनेछ। अध्ययनमा प्रगति हुनेछ। चिताएको काम सजिलै सम्पादन हुनेछ।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )व्यापार, कृषि वा पशुधनबाट मनग्य लाभ पाइनेछ। आत्मविश्वासमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा संघर्ष बढ्नेछ। नोकरी वा पेशामा मनमानी गर्दा अधिकारी वर्गहरूसँग मनमुटाव हुन सक्ला।

 मीन ( दिदुदेदोचा, चि )सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। घरपरिवारमा धार्मिक वा मांगलिक कार्यले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा नयाँ निर्णय लिनुभन्दा अघि महत्वपूर्ण तथ्यको पूरा जानकारी लिनुहोस्।

Ads

सम्बन्धित पोष्टहरू