काठमाडाैं । पोखरामा अन्तर्राष्ट्रिय बेलुन महोत्सवको रौनक छ । पर्यटकीय नगरीमा आजदेखि यो महोत्सव सुरु भएको हो ।
महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्यान्ड, भियतनामलगायतका देशको प्रतिनिधित्व रहेको छ । यो महोत्सव ९ दिनसम्म चल्नेछ । महोत्सवमा हरेक साँज विशेष कार्यक्रम आयोजना हुने बताइएको छ । त्यसमा आतिशबाजी, बेलुन दौडलगायतका छन् ।


प्रतिक्रिया दिनुहोस्