Ads

भीम रावल एमाले संगठित सदस्यबाटै निष्कासित, पाण्डे र तिमिल्सिना निलम्बन


काठमाडाैँ । नेकपा एमालेका नेता भीम रावल पार्टी संगठित सदस्यबाटै निष्कासित भएका छन् ।

बुधबार बसेको एमाले सचिवालय बैठकले उनलाई पार्टीको  संगठित सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो । रावल लामो समयदेखि एमालेमा निष्क्रिय बसेका थिए । चितवनमा भएको पार्टीको १० औँ महाधिवेशनमा केपी शर्मा ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गरेका रावल त्यसपछि एमालेमा निष्क्रिय थिए ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले रावलले पार्टीविरुद्ध लगातार अभिव्यक्ति दिएकाे भन्दै संगठित सदस्यबाट मुक्त गरिएको बताए ।

रावललाई एमालेमा सक्रिय बनाउन भन्दै ओलीले यसअघि कार्यदल नै बनाई वार्तासमेत गरेका थिए । तर, सो वार्ता एकपटक मात्र भएको थियो । रावल प्रधानमन्त्री तथा अध्यक्ष ओलीको एक आलोचक थिए ।

यस्तै सचिवालय बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डेलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ । उनीसँगै केन्द्रीय सदस्य उषाकिरण तिमिल्सेनालाई पनि ६ महिनाका लागि निलम्बन गरिएको छ ।

पाण्डे र तिमिल्सेनालाई भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले दिएको जग्गादानबारे विरोध गरेको विषयमा कारबाही गरिएको हाे । उपमहासचिव ज्ञवालीले याे प्रकरणमा उनीहरूलाई पार्टीले स्पष्टीकरण सोधेको तर उनीहरूले गल्ति स्वीकार नगरेकाले छ महिनाका लागि जिम्मेवारीबाट मुक्त गरिएको बताए ।

Ads

सम्बन्धित पोष्टहरू