Ads

तोलामा ४०० रुपैयाँले बढ्याे सुनकाे मूल्य


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको मूल्य तोलामा १ लाख ५० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

साथै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर तोलाको १ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू