काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्ने सर्वोच्चको आदेशविरुद्ध सरकार पुनरावलोकनमा जाने भएको छ ।
पुस ५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीले प्रसाईंलाई थुना बाहिर राखेर अनुसन्धान गर्न दिएको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले पुनरावलोकनको निवेदन दर्ता गर्ने तयारी गरको हो ।
महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता सूर्यराज दाहालले सर्वोच्चबाट पत्र प्राप्त भएपछि पुनरावलोकनमा जाने बताए ।
साइबर सम्बन्धी कसुरमा ४० हजार धरौटीमा छुटेपछि प्रहरीले मेडिकल व्यवसायी प्रसाईंलाई फेरी म्याद थप गर्न अदालतमा उपस्थित गराएको थियो ।
उनीविरुद्ध आपराधिक लाभ लिन नहुने कसुरमा पनि अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्