Ads

तीनवटा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए शपथ


काठमाडाैं । विभिन्न तीन विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

उनीहरूले आज कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष शपथ लिएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा कुलपतिको हैसियतमा प्रधानमन्त्री ओलीबाट नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. धनेश्वर नेपाल, पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. वेदराज केसी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियाको शपथ लिएका हुन् । प्रधानन्त्री ओलीले नवनियुक्त उपकुलपतिहरूलाई कार्यकालको सफलताको कामना गरे ।

सो अवसरमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, नेपाल सरकारका उच्चाधिकारीलगायत उपस्थित थिए ।

Ads

सम्बन्धित पोष्टहरू