Ads

मन्त्री पाण्डेले गरे निर्माणाधीन नेपालगञ्ज विमानस्थल निरीक्षण


काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले बाँकेको नेपालगञ्जस्थित निर्माणाधीन विमानस्थलको निरीक्षण गरेका छन्।

शनिबार अछामको कलम बजारको विमानस्थल परीक्षण उडानका क्रममा नेपालगञ्ज पुगेका मन्त्री पाण्डेले उक्त विमानस्थलको समेत अवलोकन गरेका हुन्।

तीन अर्ब लागत रहेको नेपालगञ्ज विमानस्थलको भवनको २०८२ पुस मसान्तभित्र सक्ने लक्ष्य रहेको छ।

मुख्य निर्माण कम्पनीको रूपमा रहेको शर्मा एण्ड कम्पनीले वि.स.२०७९ माघबाट निर्माण कार्य थालेको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर विमल पौडेलले जानकारी दिए।

मन्त्री पाण्डेले निर्माण कार्य सन्तोषजनक रहेको प्रतिक्रिया दिँदै समयमै काम सकिनेमा विश्वास व्यक्त गरे।

Ads

सम्बन्धित पोष्टहरू