काठमाडाैं । चालक दलका सदस्यसहित ६ जना सवार हेलिकप्टरमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण गरिएको छ ।
लुक्लाबाट काठमाडौं आउँदै गरेको हेली एभरेष्टको ९ एन–एकेजी हेलिकप्टरमा आइतबार चरा ठोक्किएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।
उनका अनुसार चरा ठोकिएर मिररमा समस्या देखिएपछि साँगामा अवतरण गरिएको हो ।
प्यासेन्जरलाई गाडीमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्