Ads

प्रधानमन्त्री ओलीद्वारा अमेरिकी पूर्वराष्ट्रपति कार्टरको निधनप्रति दुःख व्यक्त


काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका पूर्वराष्ट्रपति जिम्मी कार्टरको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

नोबेल पुरस्कारबाट विभूषित कार्टरको निधनप्रति प्रधानमन्त्री ओलीले सोमबार सामाजिक सञ्जाल एक्समार्फत दुःख व्यक्त गरेका हुन् । प्रधानमन्त्रीले कार्टरले परोपकार, मानव अधिकार र शान्तिका क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गरेका छन् ।

साथै, प्रधानमन्त्री ओलीले कार्टरका परिवार र अमेरिकी नागरिकप्रति समवेदना समेत प्रकट गरेका छन् ।

अमेरिकाका ३९औं राष्ट्रपति कार्टरको एक सय वर्षको उमेरमा आइतबार जर्जियाको सानो शहर प्लेन्समा रहेको आफ्नै घरमा निधन भएको हो । उनकी श्रीमति रोजालिनको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो ।

आफ्नो ८० को दशकमा कूटनीतिक मिसन सञ्चालन गरेका कार्टरले ९० को दशकमा गरिबहरूका लागि घर निर्माण गरेका थिए । पूर्वराष्ट्रपति कार्टर नेपालमा पहिलो पटक भएको संविधानसभा निर्वाचनको पर्यवेक्षणका लागि आएका थिए ।

Ads

सम्बन्धित पोष्टहरू