मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )आत्मविश्वासमा वृद्धी हुनेछ। उच्च शिक्षालाई लिएर नयाँ योजनाहरू बन्नेछन्। कार्यक्षेत्रमा मेहनत अनुरूप प्रतिफल मिल्नेछ। घरपरिवार र मित्रहरूको साथमा मनोरञ्जनात्मक समय बित्नेछ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )व्यापार व्यवसायमा जोखिम लिँदा हानी नोक्सानी हुन सक्ला। वैदेशिक रोजगारको लागि नयाँ अवसर मिल्नेछ। आफ्नो भावनालाई नियन्त्रणमा राख्नुहोस्। स्वास्थ्य प्रति सचेत रहनुहोला।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )आफ्नो कार्यमा लगनशीलताले अगाडि बढ्दा सफलता मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। समाजका माननीय जनहरूको साथले हौशला बढ्नेछ। आर्थिक मामिलाहरूमा दिन उत्तम रहनेछ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )कार्यक्षेत्रमा संघर्ष गर्नुपर्ने हुन्छ। नोकरीको क्षेत्रबाट शुभ सूचना मिल्नेछ। कसैलाई ऋण दिन वा लिनदेखि बच्नुहोस्। खानपानमा ध्यान राख्नुहोस्। आर्थिक पक्ष सवल रहनेछ। विद्यार्थीहरूलाई पढाइमा नयाँ कुरा सिख्ने अवसर मिल्नेछ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )मन उत्साह र उमंगले भरिपूर्ण रहनेछ। सोचेको कार्य समयमा पूरा हुनाले अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। साहित्य र कलामा रुचि बढ्नेछ। सन्तानलाई लिएर मन चिन्तित रहनेछ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )आफन्तहरूको साथ सहयोगले अप्ठ्यारो कार्य पनि समयमा सम्पादन हुनेछ। आर्थिक मामिलाहरूमा दिन खर्चिलो रहनेछ। मित्रहरूको सहयोग नमिल्ला।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )धैर्य र पराक्रमले आँटेको कार्य पूरा हुनेछ। शत्रुहरू परास्त हुनेछन्। नोकरी वा पेशामा लाभांश बढ्नाले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नेछ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )परिवारमा सद्भाव बढ्नेछ। सञ्चित धनमा वृद्धि हुनुको साथै नयाँ कार्य प्रारम्भ गर्नको लागि दीर्घकालीन योजना बन्नेछ। बच्चाहरूको स्वास्थ्यमा ध्यान दिनुहोला। व्यापार व्यवसायमा बलभन्दा बुद्धिको प्रयोगले काममा सफलता मिल्नेछ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )सरकारी योजनाहरूको लाभ मिल्नेछ। वित्तीय र सहकारी संस्थाबाट सफलता मिल्नेछ। गुप्त योजनाहरू सार्वजनिक गर्नबाट बच्नुहोस्। शेयर बजारमा लगानीको लागि जानकारको सल्लाह अवश्य लिनुहोला।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )नयाँ रोजगारको प्राप्तिमा बाधा आउनेछ। मनमा अज्ञात भय रहनेछ। भाग्यको साथ मिल्नेछ। प्रतियोगी परीक्षामा सफलता पाइनेछ। कार्यक्षेत्रमा अप्ठ्यारो कार्यमा हात हाल्नुपर्ने हुन्छ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )अध्ययनमा आइरहेको बाधा समाप्त हुनेछ। कृषिमा पशुधनबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा नयाँ कार्य हात पार्न सकिएला। व्यापार व्यवसायलाई विस्तार गर्ने योजनाहरूमा ध्यान केन्द्रित गर्नुहोला।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )राजनीतिक क्षेत्रमा प्रभाव बढ्नेछ। कानुनी मुद्दा मामिलाहरूमा सफलता मिल्नेछ। घरमा मांगलिक कार्यको शुभारम्भले मन आनन्दित रहनेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ।
प्रतिक्रिया दिनुहोस्