Ads

प्रतिनिधि सभा सचिवमा राई नियुक्त


काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा सचिव पदमा हर्कराज राईलाई नियुक्त गरेका छन्।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार राष्ट्रपति पौडेलले मंगलबार झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर २ का राईलाई प्रतिनिधि सभा सचिव नियुक्त गरेका हुन्।

प्रतिनिधि सभा सचिव बनाउन राईलाई सभामुख देवराज घिमिरेले सिफारिस गरेका थिए।

राई भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालका सल्लाहकार पनि थिए। उनी नेकपा (एमाले) निकट हुन्।

प्रतिनिधि सभा सचिव सुरेश अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको पदमा राईलाई नियुक्त गरिएको हो।

Ads

सम्बन्धित पोष्टहरू