मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )प्रभावशाली मानिसहरूलाई हजुरले आकर्षित गर्न सक्नुहुनेछ। धार्मिक काममा रुचि बढ्नेछ। शत्रुहरू पराजित हुनेछन्। पुरानो रोगबाट मुक्ति मिल्नेछ। शिक्षाको क्षेत्रमा गरिएको प्रयास सफल रहनेछ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )दिन मध्यम रहनेछ। कार्यक्षेत्रमा बनाइएका योजनाहरूमा बाधा आउन सक्छ। सन्तुलित आहार सेवन गर्ने प्रयास गर्नुहोस् स्वास्थ्यमा राम्रो प्रभाव पर्नेछ। व्यापार व्यवसायमा पारिवारिक सहयोग नमिल्नाले मन अप्रसन्न रहनेछ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )सामाजिक वा राजनीतिक क्षेत्रमा सम्मान बढ्नेछ। छोटो समयमा राम्रो उपलब्धि हात पार्न सफल भइनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। साझेदारी व्यापारबाट लाभ उठाउन सकिनेछ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )सामाजिक व्यवहारमा प्रतिक्रियात्मक कुरा गर्दा विचार पुर्याउनुपर्ने हुन्छ। नोकरी वा पेशामा मिथ्या प्रशंसा गर्नेहरूसँग टाढा रहने प्रयास गर्नुहोस्। स्वास्थ्यमा ध्यान दिनुहोस्।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )व्यक्तित्वमा निखार आउनेछ। कार्यक्षेत्रमा सम्मान बढ्नेछ। उद्योग व्यापारबाट विशेष फाइदा मिल्नेछ। सामाजिक सञ्जालमा नयाँ पद मिल्ने सम्भावना रहेको छ।
कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )आफूले आफैलाई समय दिने प्रयास गर्नुहोस्। आध्यात्मिक वा मानसिक शक्तिको विकासको लागि ध्यान केन्द्रित गर्नुहोस्। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा नयाँ अवसरहरू मिल्नेछ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )आफूले गरेको संघर्षबाट लाभ मिल्नेछ। आफ्नो व्यवहारमा शिष्टताको भावना कायम राख्नुहोस्। नोकरी वा पेशामा अधिकार बढ्नेछ। संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )आफन्तहरूको साथ सहयोगले अप्ठ्यारो काम समयमा सम्पादन हुनेछ। आयका नयाँ स्रोतहरू खुल्नेछन्। सञ्चित धनमा वृद्धि हुनेछ। अरुको वादविवादमा आफू अगाडि नपर्नुहोस्।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )आर्थिक पक्ष सबल रहनेछ। सरकारी वा वित्तीय क्षेत्रबाट लाभ मिल्नेछ। राज्य पक्षबाट पनि सहयोग मिल्नेछ। विशिष्ट व्यक्तिको सल्लाहले रोकिएको काम प्रारम्भ हुनेछ। बौद्धिक क्षेत्रमा तपाईंको स्थान उच्च रहनेछ
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )अनावश्यक खर्च बढ्नेछ। वैदेशिक स्वरोजगारमा बाधा आउन सक्छ। कार्यक्षेत्रलाई लिएर गरिएको यात्राबाट लाभ पाइनेछ। खानपान विशेष ध्यान दिनुपर्ने हुन्छ सादा भोजन गर्ने प्रयास गर्नुहोला। राजनीतिक क्षेत्रमा गरिएको लगानीबाट लाभ मिल्नेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )व्यापार व्यवसायमा मनज्ञ लाभ मिल्नेछ। आफूभन्दा ठूला दाजुभाइहरूको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा लगनशीलताको उचित इनाम मिल्नेछ। आत्मविश्वासमा वृद्धि हुनेछ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )सामाजिक सद्भाव बढ्नेछ। कार्यक्षेत्रमा दोहोर्याएर काम गर्दा झन् उपयुक्त परिणाम मिल्नेछ। अधिकारी वर्गको साथ सहयोग मिल्नेछ। पिताको स्वास्थ्यमा सुधार आउनेछ।
प्रतिक्रिया दिनुहोस्