काठमाडाैं । नेकपा एमालेबाट निष्कासित नेता भीमबहादुर रावलले आफूलाई एमालेको केपी शर्मा ओली गुटले आफूलाई पार्टीबाट निष्कासन गरेको आरोप लगाएका छन् ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नेता रावलले एमालेको केपी ओली गुटले कारबाही गरेर पार्टीबाट निकाल्दै सदस्यता नै खोसेपछि आफू विकल्प खोज्न बाध्य भएको बताएका हुन् । ‘मलाई एमालेले होइन, केपी ओली गुटले कारबाही गरेर पार्टीबाट निकाल्दै सदस्यता नै खोसिदियो,’ उनले भने, ‘सदस्यता नै खोसेपछि विकल्प खोज्न बाध्य भएँ ।’
नेता रावलले आफूमाथि पूर्वाग्रह राखेर कारबाही गरिएको पनि आरोप लगाए । चितवनमा सम्पन्न महाधिवेशनमा अध्यक्षमा केपी ओलीसँग प्रतिस्पर्धा गरेकाले आफूमाथि कारबाही भएको भन्दै रावलले ओलीले पनि किन झलनाथ खनाल र माधव नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गरेको भन्दै प्रश्न गरे ।
रावलले आफू पार्टी निर्माणमा निरन्तर सक्रिय हुँदै आएको दाबी पनि गरे । उनले पछिल्लो समय दुरासय राखेर आफूमाथि पूर्वाग्रहपूर्ण व्यवहार ओलीले गरेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्