Ads

२०८१ पुष १८ गते बिहिवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )कार्यक्षेत्रमा नयाँ कार्य हात लाग्नेछ। नयाँ सम्पर्कबाट लाभ मिल्नेछ। सरकारी कामकाजमा सफलता मिल्नेछ। सेवा मुलुक कामले प्रतिष्ठा बढाउनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ।

वृष ( इवाविवुवेवो )नयाँ कार्य प्रारम्भ गर्नको लागि दिन उपयुक्त रहेको छ। आध्यात्मिक विकास हुनुको साथै लेखन कलामा सफलता मिल्नेछ। कार्यक्षेत्रमा प्रभाव बढ्नाले अवसरवादी पनि अवसरको फाइदा उठाउन सक्नेछन् सावधान रहनुहोला।

 मिथुन ( काकिकुकेकोहा )पुरुषार्थका साथ काम गर्नाले व्यक्तित्वमा निखार आउनेछ। गृहणीहरूको सजावटको सामानमा धन खर्च हुने योग छ। व्यापार व्यवसायमा बोलिको विपरीत अर्थ लाग्न सक्नेछ, शब्दचयनमा ध्यान दिनुहोला।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )धार्मिक संघ संस्थामा सम्मिलित हुन पाइएला। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। आर्थिक पक्ष सबल रहनुको साथै दाम्पत्य जीवन सुमधुर रहनेछ।

 सिंह ( मामिमुमेमोटाटिटुटे )प्रतियोगी परीक्षामा सफलता पाइनेछ। हजुरको कामको कर्मठताले कार्यक्षेत्रमा शत्रुहरू पछाडि हट्नेछन्। विद्यार्थीहरूलाई परीक्षामा राम्रो परिणाम मिल्नेछ। स्वास्थ्यले साथ दिनेछ।

 कन्या ( टोपापिपुपेपो )पुराना रोकिएका काम सम्पादन हुनेछन्। मनमा शान्ति र उत्साह रहनेछ। प्रेम सम्बन्ध कसिनेछ। शैक्षिक क्षेत्रमा नयाँ जिम्मेवारी प्राप्त होला। आर्थिक पक्ष सबल रहनेछ।

 तुला ( रारिरुरेरोतातितुते )आफन्तहरूको साथमा समय बित्नेछ। व्यापार व्यवसायमा नयाँ निर्णयहरूको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। श्वास प्रश्वासको समस्या छ भने चिकित्सकको सल्लाह अवश्य लिनुहोला। शत्रुपक्ष बलवान हुनाले समयमा कार्यसम्पादन हुन गाह्रो हुनेछ।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )धेर्य र पराक्रमले गर्दा नसोचेको कार्य सम्पादन हुनेछ। छरछिमेकीसँगको मनमुटाव सुल्झिनेछ। कार्यक्षेत्रमा सहयोगी वर्गहरूको सहयोग मिल्नेछ। व्यापारमा पारदर्शिता राख्ने प्रयास गर्नुहोस्।

 धनु ( येयोभाभिभुधाफाढाभे )आफ्नो व्यक्तित्वले अरुलाई आकर्षित गर्नमा सफल रहनुहुनेछ। समाजमा पद प्रतिष्ठा बढ्नेछ। कुनै अप्रिय सूचनाले मन अप्रसन्न रहनेछ। शेयर बजारबाट लाभ मिल्नेछ।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )धार्मिक वा पर्यटकीय क्षेत्रबाट हुनुहुन्छ भने आज विशेष आर्थिक लाभ हुने सम्भावना रहेको छ । खेल जगतबाट हुनुहुन्छ भने आजको दिन अत्यन्त श्रेष्ठ रहेको छ । स्वास्थ्य सम्बन्धित समस्या रहेको थियो भने सुधारको योग रहेको छ । भाग्यले राम्रो साथ दिनेछ।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )कार्य क्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन् । मधुमेहको रोगी हुनुहुन्छ भने स्वास्थ्यप्रति सचेत हुनुहोला। साझेदारी व्यापारमा सजग हुनुपर्ने आवश्यकता रहेको छ । जीवनसाथीलाई लिएर कुनै प्रकारको शंका नगरौं।

 मीन ( दिदुदेदोचा, चि ) कार्यक्षेत्रमा प्रगतिको योगका साथै आय स्रोतमा बृद्धिको योग रहेको छ। सामाजिक क्षेत्रमा कुनै विशेष पद प्राप्त गर्न सकिनेछ । दाम्पत्य जीवन सुमधुर रहेको छ।

 

Ads

सम्बन्धित पोष्टहरू