काठमाडाैं । भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित भएको छ ।
बिहीबार सिहंदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकले भ्रष्टाचार निवारण ऐन–२०५९ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको हो ।
समिति सभापति रामहरि खतिवडाले बैठकमा प्रस्तुत गरेको विधेयकको संशोधन प्रस्ताव सर्वम्मतिबाट पारित भएको थियो ।
यसअघि बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित सांसद हृदयराम थानीको संयोजकत्वमा गठित उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस्