Ads

संसद् भङ्ग गर्ने काम स्वीकार्य हुन सक्दैन : प्रधानमन्त्री ओली


काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जननिर्वाचित संसद् भङ्ग गर्ने कार्य कुनै पनि अर्थमा स्वीकार्य नहुने बताएका छन् ।

च्यासलमा बसिरहेको एमालेको केन्द्रीय कमिटीको आठौँ बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा उनले सो कुरा उल्लेख गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘हामी म्यान्मारमा लोकतन्त्रको तत्काल पुनर्स्थापनाको पक्षमा छौं । जननिर्वाचित संसद्लाई भङ्ग गर्ने, जननिर्वाचित प्रतिनिधिहरुलाई बन्दी बनाउने र शान्तिपूर्ण विरोध प्रदर्शनमाथि हिंसात्मक दमन गर्ने काम कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन ।’

दक्षिण एसियामा बढिरहेको दक्षिणपन्थी अतिवाद र विभिन्न मुलुकमा लोकतन्त्रमाथि भइरहेका सैन्य हस्तक्षेपप्रति चिन्तित रहेको बताएका छन् । कुनै पनि भू–भागमा भइरहेका युद्ध र बाह्य हस्तक्षेपको विरुद्धमा रहेको ओलीले बताए ।

साथै, भारत र पाकिस्तानबीचको तनावका कारण दक्षिण एसियामा क्षेत्रीय सहकार्यका प्रयास अवरुद्ध भएको उनको भनाइ छ ।

Ads

सम्बन्धित पोष्टहरू