काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ।
आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु हुने नेताहरूले बताएका छन्।
आइतबारदेखि सुरु भएको बैठकमा आज अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सुरु हुनेछ।
बैठक बिहान ११ बजे सुरु हुनेछ। आइतबार अध्यक्ष प्रचण्डले समसमायिक राजनीति, पार्टी संगठन सुदृढीकरण, भावी रणनीतिलगायत विषय समिटिएको ३० पृष्ठ लामो प्रतिवेदन बैठकमा पेश गरेका थिए।
प्रतिक्रिया दिनुहोस्