जनकपुरधाम, । राष्ट्रिय समाचार समिति ९रासस०का जनकपुर समाचारदाता चन्दन ठाकुरलाई मातृशोक परेको छ । मुटुरोगको बिरामी उहाँकी आमा प्रेमादेवी ठाकुरको गए राति ६० वर्षका उमेरमा निधन भएको हो ।
मुटुसम्बन्धी केही असहज भएपछि जनकपुरमा उपचारका लागि ल्याउने क्रममा बाटोमा उनको निधन भएको जनाइएको छ ।
महोत्तरीको महोत्तरी गाउँपालिका–१ स्थित सनुखराटोल निवासी प्रेमादेवीको श्रीमान्, दुई छोरा र एक छोरी छन् ।
प्रतिक्रिया दिनुहोस्