काठमाडौं । ललितपुरको सातदोबाटोस्थित एक कल सेन्टरमा सीआईबीले छापा मारेको छ ।
कल सेन्टर सञ्चालन गरी अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको सूचनामा आधारमा सीआईबीको टोलीले गएराति छापा मारेको हो ।
त्यहाँबाट ५३ जनालाई नियन्त्रणमा लिइएको सीआईबीका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपक थापाले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमध्ये दुई जना भारतीय नागरिक रहेको र अरु सबै नेपाली रहेका छन् ।
उनीहरुको साथबाट ८५ वटा ल्याप्टपका साथै ८२ वटा मोबाइल बरामद भएको छ । पक्राउ परेका व्यक्तिहरुले कल सेन्टर चलाएर अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरुलाई आज म्याद थप गरी थप अनुसन्धान गरिने प्रहरीले जनाएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्