Ads

२०८१ पुष २८ गते आइतवार, तपाईको दैनिक राशिफल


मेष ( चुचेचोलालिलुलेलोअ )धार्मिक कार्यहरुमा रुचि बढ्नेछ। रोजगारको नयाँ अवसर मिल्नेछ। भाइबहिनीको सफलताले मनमा खुशी मिल्नेछ। विद्यार्थीहरूको आत्मविश्वासमा वृद्धि हुनेछ। स्वास्थ्य राम्रो रहनेछ।

वृष ( इवाविवुवेवो )प्रशंसनीय कामले कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट प्रशंसा पाइनेछ। युवा वर्गलाई आफ्नो करियरलाई लिएर चिन्ता रहनेछ। नयाँ सम्पर्कहरू बन्नेछन्। आफन्तको साथ सहयोग मिल्ला।

 मिथुन ( काकिकुकेकोहा )पारिवारिक सद्भावमा कमी आउनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। व्यर्थको कार्यमा आफ्नो ऊर्जा र समय व्यतित नगर्नुहोला। नयाँ पहिरन र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ।

 कर्कट ( हिहुहेहोडाडिडुडेडो )धार्मिक सम्मेलनमा सहभागी हुने अवसर प्राप्त हुनेछ। यात्रामा कष्ट हुन सक्ला। आफ्नो स्वास्थ्यमा ध्यान राख्नुहोस्। वैदेशिक रोजगारबाट लाभ मिल्नेछ। सरकारी काममा बाधा आउनेछ।

 सिंह ( मामिमुमेमोटाटिटुटे )भावुकतामा आएर निर्णय नलिनुहोला। कार्यक्षेत्रमा उन्नति हुनेछ। शेयर मार्केटबाट लाभ मिल्नेछ। नयाँ कार्य प्रारम्भ गर्नको लागि रूपरेखा बन्नेछ। वरिष्ठ व्यक्तिहरूको साथ सहयोग मिल्ला।

 कन्या ( टोपापिपुपेपो )सानोतिनो कुरामा उल्झिनु भन्दा आफ्नो कर्मपथतिर ध्यान केन्द्रित गर्नुहोला। व्यापार व्यवसायमा पिताको साथ सहयोग मिल्नेछ। रोकिएको कार्य प्रारम्भ हुनेछ। कारोबार तलमाथि हुन सक्ला धैर्य राख्नुहोस् समय अनुकूल रहेको छ।

 तुला ( रारिरुरेरोतातितुते )साहित्य वा कलात्मक क्षेत्रमा विकास हुनुको साथै विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा नयाँ अवसर मिल्नेछ। धार्मिक स्थलको भ्रमण वा दर्शनको योग रहेको छ। स्वास्थ्यमा सुधार आउनेछ।

 वृश्चिक ( तोनानिनुनेनोयायियु )व्यापार व्यवसायमा आकस्मिक धनलाभको योग रहेको छ। कुनै आफन्तको स्वास्थ्यलाई लिएर धन खर्च गर्नुपर्ला। विदेशतिर बसोबास गर्नेहरूलाई शुभ सूचना मिल्नेछ। न्यायिक मामिलाहरूमा बाधा हुनेछ।

 धनु ( येयोभाभिभुधाफाढाभे )मन प्रसन्न रहनेछ। स्वास्थ्य र धनमा लाभ रहनेछ। शत्रुमाथि विजय पाइनेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ। समाजमा प्रतिष्ठित व्यक्तिको साथ र सहयोग मिल्नाले राजपक्ष वा प्रशासनबाट अट्केको कार्यसम्पादन हुनेछ।

 मकर ( भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि )व्यापारमा लाभ हुनेछ। प्रतिस्पर्धीहरूलाई प्रतिस्पर्धामा सफलता मिल्नेछ। ऋणको लेनदेनबाट बच्नुहोस्। कार्यक्षेत्रमा सफलता मिल्नेछ। सरकारी नोकरीमा विवादास्पद कार्यमा समय खर्च हुनेछ।

 कुम्भ ( गुगेगोसासिसुसेसोदा )सन्तानको प्रगतिले मन उत्साहित रहनेछ। कार्यक्षेत्रमा अधिकारीहरुको साथ सहयोग मिल्नुको साथै नयाँ कार्य प्रारम्भ गर्नलाई उपयुक्त समय रहेको छ। धार्मिक क्रियाकलापमा मन जानेछ। सोचलाई दूरदर्शी राख्ने प्रयास गर्नुहोला।

 मीन ( दिदुदेदोचा, चि )आफन्तहरूको साथ र सहयोग नमिल्नाले मन अप्रसन्न रहनेछ। जग्गा जमिनबाट लाभ मिल्नेछ। आटेको कार्य पूर्ण गर्नलाई मेहनत अलि धेरै गर्नुपर्ला। इष्टमित्रको सहयोग मिल्नेछ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। खानपानमा विशेष ध्यान दिनुहोला।

 

Ads

सम्बन्धित पोष्टहरू