मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): लाभ हुने काम प्रारम्भ गर्ने समय छतर श्रम भने केही ज्यादा नै गर्नुपर्ने देखिन्छ । भौतिक साधन जुट्नाले प्रशन्नता मिल्ला । तपाईंका कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, सचेत रहनुहोला । अरूका लागि बुद्धि खर्चनुपर्ने योग छ । गोपनियतामा ध्यान दिनु हितकर हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): शुभता बढ्नेछ । नौलो प्रकृतिको काम शुभारम्भ गर्ने समय छ । आर्थिक लाभ हुने दिगो काम प्रारम्भ हुन सक्छ । बिनाप्रतिस्पर्धा धनलाभ होला । तर, कुनैपनि कार्यमा बलजफ्ती गर्दा हानि हुन सक्छ, ख्याल गर्नुहोला । छोटो समयमा उपलब्धि हात पार्ने अवसर प्राप्त हुने योग छ ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला । प्रयत्न गर्दा अप्ठ्यारा काम पनि सम्पादन हुन सक्छन् भने उपलब्धिले थप उत्साह जगाउनेछ । विभिन्न अवसर प्राप्त हुनाले मन प्रफुल्ल रहला ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने समय छ । हिम्मत गर्दा पुरुषार्थी काम सम्पादन हुन सक्छ । आय वृद्धि हुनेछ । समयको गतिलाई पछ्याउने प्रयत्न गर्नुहोला । प्रतिष्ठा कमाउने बेला छ । प्रेम र मित्रताको बन्धन कसिएर जाने देखिन्छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्ने समय छ । तर व्यावसायिक काममा खर्च केही वृद्धि होला । आजको दिन स्वास्थ्यमा अलि कमजोरी अनुभूति होला, आहारविहारमा विशेष ध्यान राख्नु उचित हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । अवसरवादीहरूले झुक्याउन सक्छन्, सचेत रहनुहोला । आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । कमजोर मानसिकताले पछि परिने योग रहेकोले आत्मविश्वासको भाव जागृत गराउने प्रयत्न गर्नु उचित हुनेछ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): जोखिम र खर्च वृद्धि हुने समय भएपनि हिम्मतले काम बनाउन सकिने र प्रतिस्पर्धीहरूलाई पछिपार्न सकिनेछ । इर्ष्या गर्नेहरूको मनोबल कमजोर रहला । व्यवसायमा लगानी बढाउनुपर्ने देखिन्छ । कमजोरी लुकाउँदा पछि परिएला । बेसुरमा वचन दिनाले दुःख पाइनेछ, ध्यान राख्नुहोला ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कार्यगति बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा कतै सम्मान पनि पाइएला । आजको दिन चिताएको काममा सफलता मिल्ने देखिन्छ । शुभचिन्तकहरूले तपाईंका योजनामा साथ दिनेछन् । व्यवसायले यात्राको अवसर जुटाउन सक्छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): इर्ष्यालु मन भएकाहरूले सताउन सक्छन् । आज स्वास्थ्य पनि केही कमजोर रहेको अनुभूति होला । आश्वासन दिनेको भर नपर्नु उचित हुनेछ । शक्तिशाली व्यक्तित्वबाटै अवरोध हुनसक्ने योग भएकोले विशेष सचेतनाको दरकार छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): दिन सामान्य नै छ । मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ । आम्दानी बढ्नेछ परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । साँझतिर अवसरवादीहरूले अप्ठ्यारोमा पार्न सक्छन् ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): व्यस्तता बढ्नेछ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ मिल्नेछ । विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । व्यापारमा पनि राम्रै फाइदा हुने देखिन्छ । रोकिएका काम बन्नुका साथै विभिन्न अवसर समेत प्राप्त हुनेछन्
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पराक्रम वृद्धि हुनेछ । नयाँ काम प्रारम्भ गर्ने समय छ । व्यापारमा राम्रै धनलाभ हुने देखिन्छ । शुभचिन्तकहरूले राम्रो सहयोग जुटाउनेछन् भने प्रतिद्वन्द्वीहरूलाई पछि पार्न सकिनेछ । चिताएको काम पनि पूरा हुनाले उत्साह वृद्धि होला । विभिन्न उपहार प्राप्त हुने योग छ ।
प्रतिक्रिया दिनुहोस्