मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन मिश्रित फलदायी रहनेछ । कृषि कर्मबाट खासै लाभ नभए पनि व्यापारमा राम्रै फाइदा हुने देखिन्छ । पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ । अवसरवादीहरूले फसाउने चेष्टा गर्नेछन्, विशेष योजना गोप्य राखी सावधानीपूर्वक कार्य गर्नु हितकर हुनेछ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): रोकिएका काम अघि बढ्ने र पठनपाठनमा प्रगति हुने समय छ । अवसर आए पनि नयाँ काममा हात हाल्नुअघि राम्ररी विचार पुऱ्याउनु उचित हुनेछ । विशेष सभा-समारोहमा सहभागी बन्ने अवसर जुर्ला । आजको दिन आश्वासन दिनेहरूको भर नपर्नुहोला ।
मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): दिन शुभदायी र उत्साहजनक रहला । रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । प्रेमभाव वृद्धि र दाम्पत्य जीवन रमाइलो रहनेछ । आम्दानी वृद्धिको योग छ । विभिन्न भौतिक साधन जुट्नेछन् भने गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । आयआर्जनका स्रोत बढ्नेछन् ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । आजको काममा खर्च लागे पनि दिगो फाइदाको कार्य प्रारम्भ हुन सक्छ । कतै आतिथ्यपूर्ण सम्मान पाइएला । मेहनतले धेरैको मन लोभ्याउन सक्छ । जीवनशैलीमा परिवर्तन आउन सक्छ । तर, पुरानो गतिले पनि काम बिग्रन सक्छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): परिस्थिति अप्ठ्यारो देखिए पनि केही काम बन्नेछन् । प्रयास गर्दा टाढाको यात्रा गर्ने अवसर जुट्न सक्छ । व्यवसायमा लगानी बढाउन सकिनेछ । सबल स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला । पहिलेका समस्या दोहोरिन सक्छन् । मुख्य काममा बाधा हुँदा मन खिन्न रहने योग छ ।
कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): भाग्यबल वृद्धि भइ नयाँ कामको प्रस्ताव आउने समय छ । विगतको सफलताले थप काम गर्न हौसला मिल्ला । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिएलान् । टाढिएका मित्रजन नजिकिनाले हर्ष बढ्नेछ । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): दौडधुप वृद्धि भएपनि बोलीको भरमा काम सम्पादन हुने दिन छ । विचारले धेरैलाई आकर्षण गर्न सकिएला । आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । भाग्यले नचिताएको फाइदा दिलाउन सक्छ । चुनौतीहरू स्वतः हट्नेछन् । मान-सम्मान बढ्ने योग छ ।
बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइने समय छ । नयाँ काममा सम्झौता गर्नुपरे पनि स्वअधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ । लामो यात्राको प्रक्रिया अघि बढ्ने योग छ । अध्ययन तथा अध्यापनमा समय दिन नसकिएला । हुलमुलमा धनमाल हराउन सक्छ, सचेत रहनु हितकर हुनेछ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विगतका कमी-कमजोरीलाई सुधार गरी कर्म अघि बढाउने समय छ । विछोडिएका परिवारजनसँग भेटघाट होला । धन आर्जनको योग छ । समुदायको भलाइ हुने काम सम्पादन गर्न सकिनेछ । विभिन्न अवसर जुटे पनि अरूलाई आश्वासन दिने बानीले भने समस्या बढाउन सक्छ, ख्याल राख्नुहोला ।
मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): सानातिना घरेलु काममै अल्झनुपर्ने समय छ । लेनदेनको विवादले अप्ठ्यारो पार्ने योग भएकोले सकभर आर्थिक कारोबार नगर्नु उचित हुनेछ । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ । नजिकका साथीभाइको व्यवहार चिसो रहनाले खिन्नता बढ्ला, धैर्य राख्नुहोला । आजको दिन सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर हुनेछ ।
कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्ने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । व्यवसायमा राम्रै फाइदाको योग छ । विगतको श्रमबाट प्रशस्त धन लाभ हुनसक्ने देखिन्छ । बोली र व्यक्तित्वको प्रभाव वृद्धि हुनाले काममार्फत अरूको मन लोभ्याउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।
मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): पराक्रम वृद्धि हुने र नियमित कामबाट राम्रै लाभ हुने समय छ । श्रमको उचित मूल्यांकन होला । प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ । नयाँ ज्ञान सिक्ने मौका जुर्ला । आम्दानीका नयाँ स्रोत फेला पर्ने योग छ ।
प्रतिक्रिया दिनुहोस्