Ads

कांग्रेसबाट मन्त्री बनेकाहरूसँग छलफल गर्दै देउवा


काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूसँग सामूहिक छलफल थालेका छन् ।

सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूसँग सभापति देउवाले आफ्नै निवास बूढानीलकण्ठमा छलफल शुरू गरेका हुन् ।

अहिले बिहान ९ बजेदेखि छलफल शुरू भएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । उनका अनुसार छलफलमा मन्त्रीसँगै संसदीय दल कार्यसमितिका पदाधिकारी पनि सहभागी छन् ।

मन्त्रीसँगै संसदीय दल कार्यसमितिसँग संयुक्त छलफल भैरहेको उनले बताए ।

देउवाले सरकारका कामलाई प्रभावकारी बनाउन यसअघि पनि निवासमा बोलाएर मन्त्रीहरूसँग छलफल गरेका थिए ।

पार्टीबाट सरकारमा गएका मन्त्रीहरूको काम प्रभावकारी बनाउन र समन्वय गर्नेगरी गत भदौदेखि दुई/दुई महिनामा छलफल गर्ने निर्णय कांग्रेसले गरेको थियो ।

दुई ठूला दलको संयुक्त सरकारले प्रभावकारी नतिजा नदिएको भन्दै सरकारमाथि दबाब पर्दै आएको छ ।

सरकारमा कांग्रेसका तर्फबाट गृह, परराष्ट्र, शहरी विकास, स्वास्थ्य र ऊर्जासहित १० मन्त्री र दुई राज्यमन्त्री सहभागी छन् । कांग्रेसबाट सरकारको नेतृत्व प्रकाशमान सिंहले गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू