Ads

सत्ता गठबन्धनले सरकार सञ्चालनको नैतिक आधार गुमाइसक्यो: विपक्षी दल


काठमाडाैं । नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलहरूले वर्तमान सत्ता गठबन्धनले सरकार सञ्चालनको नैतिक आधार गुमाइसकेको बताएको छ।

शुक्रबार विपक्षी दलको बैठकपछि संयुक्त पत्रकार सम्मेलनमा प्रेस वक्तव्य जारी गर्दै यस्तो बताएको हो।

‘बहुदलको दम्भमा सरकारले चाल्दै आएका एकपछि अर्को यस्ता कैयौं जनविरोधी कदममा जनस्तरबाट चर्को विरोध हुन थालेपछि संसदमा प्रतिरक्षा गर्न नसकि अध्यादेशको भर पर्नुपर्ने अवस्थाले सत्तारुढ गठबन्धनले सरकार सञ्चालनको नैतिक आधार गुमाइसकेको प्रस्ट हुन्छ।’ जारी वक्तव्यमा भनिएको छ।

वक्तव्यमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ,  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, आम जनता पार्टीका सहअध्यक्ष तिलक थापा मगर र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले हस्ताक्षर गरेका छन्।

Ads

सम्बन्धित पोष्टहरू