सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ लाटीकाइलीमा रहेको ऐतिहासिक काँक्रेविहार मन्दिर । बाह्रौं शताब्दीमा निर्माण भएको, साठी फिट अग्लो काँक्रेविहार शिखर शैलीमा रहेको छ ।
पुरातत्व विभागले काँक्रेविहारको अवशेषका रूपमा रहेका ढुङ्गाहरूलाई मिलाएर दुई चरणमा गरी चारैतिरबाट खुड्किलाहरूको पुनर्निर्माण गरेको छ। मन्दिरमा बुद्धको जन्म, मायादेवी, बोधगया, सारनाथलगायत बुद्धसँग सम्बन्धित थुप्रै घटना शब्द चित्रमा कुँदिएका छन् ।
प्रतिक्रिया दिनुहोस्