Ads

२०८१ माघ ७ गते सोमबार, तपाईको दैनिक राशिफल


मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ, तर आफन्त एवम् साथीभाइबाट सहयोग तथा हौसला मिल्नेछ । व्यावसायिक काममा खर्च बढ्ने देखिन्छ । अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि विचार पुऱ्याउनुहोला । सेवामूलक कामले प्रतिष्ठा दिलाउने योग छ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): शत्रु वा प्रतिस्पर्धीलाई सजिलै हराउन सकिने समय छ । मनोरन्जनमा समय ब्यतीत हुने देखिन्छ । आज आयआर्जन पनि राम्रै हुने योग छ । ऐश्वर्य र प्रेमभाव बढ्नेछ । कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । स्वास्थ्यमा भने विशेष ध्यान पुऱ्याउनुहोला ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): आज सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छ, तर पनि वित्तादि लाभ हुने दिन छ । कृषिमा केही समस्या देखिए पनि धन आर्जन गर्ने मौका मिल्ला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । गरिँदै आएको काममा थप जाँगर पलाएर आउने छ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): स्वास्थ्य कमजोर रहनाले काम सम्पादन गर्न नसकिएला । समयमा काम पूरा नहुनाले अवसर गुम्न सक्छ । आज छरछिमेकमा झैझगडा हुन सक्ने सम्भावना रहेकोले व्यवहारमा सजगता अपनाउनु उचित हुनेछ । रुपैयापैसा हराउन सक्छ, सावधान रहनु होला । श्र

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): सानातिना काममै समय बित्ने दिन रहेको छ । काम बिग्रने डरले सताउला । जथाभावी वचन दिने प्रवृत्तिले कष्ट पुऱ्याउन सक्छ । मानसम्मानमा पनि ठेस पुग्ने देखिन्छ, सचेत रहनुहोला । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्ने देखिन्छ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन सानो प्रयत्नले ठूलो काम सम्पादन होला । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइने तथा सजिलै काम बन्नाले उत्साह जाग्ने देखिन्छ । परोपकारजन्य क्रियाकलापमा मन जाला ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउला । सफलताको लागि महत्वाकांक्षी योजना गोप्य राख्नुहोला । कृषिसम्बन्धी कर्मबाट सोचेको लाभ नउठ्न सक्छ, ख्याल राख्नुहोला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): आजको दिन सानातिना घरेलु काममै अल्झनुपर्दा मन खिन्न रहला । मुख्य काममा बाधा हुने देखिन्छ । भौतिक साधनको खराबीले लक्ष्य प्राप्त गर्न कठिन पर्ने देखिन्छ । स्वास्थ्य केही कमजोर रहन सक्छ । आँटेको काम समयमा पूरा नहुने र पढाइलेखाइमा पनि खासै मन नजाने योग छ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्ने देखिन्छ । पठनपाठनमा पनि प्रगति हुनेछ । तथापि, काम बिग्रने डरले सताउन सक्छ । समस्याप्रति गम्भीर नबन्दा अवसर गुम्न सक्छ, आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन्, सचेत रहनुहोला ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): लाभदायी काम प्रारम्भ गर्ने समय छ । आयआर्जनका स्रोत बढ्नेछन् भने साझेदारीमा राम्रो फाइदा हुने देखिन्छ । मातृ सहयोगबाट काम बनाउन सकिनेछ । नसोचेको ठाउबाट धन आर्जन हुने योग छ । अरूका विषयमा चासो लिँदा विवादमा परिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आजको दिन बाध्यताले अप्ठ्यारोमा पार्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइने सम्भावना छ । परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहला । आज स्वास्थ्य पनि केही कमजोर रहन सक्छ । तपाईंका कार्यक्षेत्रमा अरूले अधिकार जमाउन सक्छन् ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): दिन केही चुनौतीयुक्त रहला । अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ने समय छ । आश्वासन दिनेले आज झुक्याउन सक्छ । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला । व्यावसायिक काममा पनि समस्या आउन सक्छ । सवारीसाधनको प्रयोगमा विशेष सावधानी अपनाउनु हितकर होला ।

Ads

सम्बन्धित पोष्टहरू