मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज तपाइलाई काम गर्न मन लाग्नाले मनमा खुशी मिल्नेछ । आफन्तले पनि काममा साथ दिने छन् । बौद्धिक कार्यबाट थोरै भएपनि लाभ हुनेछ । व्यवसायिक काम बीचमा अवरुद्ध बन्न सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)हात हतियारबाट जोगिएर काम गर्नुहोला । छरछिमेकसँग सामान्य मनमुटाव बढ्ने देखिन्छ । कुरा काट्नेहरु प्रशस्त बढ्ने छन् । ठूला व्यक्तिहरुबाट आलोचना हुनेछ । कसैसँग वादविवादको पनि सम्भावना छ । परिवारजनमा असमझदारी बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज तपाइको कुनै काममा झमेलाको सामना गर्नुपर्ने योग छ, जागिरमा केही अल्छीपन छाउनेछ । हानी नै नगरेपनि काममा बाधा दिनेले खासै प्रगती हुन दिदैनन्, जागीरमा पनि समस्या देखा पर्न सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । पढाइमा भने मन नजाला । आजको दिनमा तपाइले सोचेको काम पुरा हुन सक्छ । साथै पाहुना आगमनको पनि योग रहेको छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)प्राय सबै कामहरू बन्नेछन्, काममा साथ सहयोग पनि पाइनेछ । आर्थिक लाभ हुने दिन छ । आम्दानीको नयाँ श्रोत फेला पर्नेछ । भोज भतेरमा सम्लग्न भई ठूला व्यक्तिको विश्वास लिन सजिलै सकिने छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)बैदेशिक कार्यमा असफल भई दुख पाउने योग छ । भाग्यले साथ दिनेछैन, धनको नाश पनि होला । विवाद बढ्ने, सामाजिक मर्यादामा संकट आउने, काममा अवरोध आउने र मनमा चिन्ता बढ्ने योग छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन्, अन्नको पनि लाभ मिल्न सक्छ । कुनै काममा नजिकको नातेदारको समर्थन पाउने दिन छ । रुपैँया पैसा तथा अन्नको लाभ हुने दिन छ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)धन कमाउने बाटाहरुको थालनी हुने दिन छ, सोचेका काममा सफलता पनि मिल्नेछ । आज तपाइको धन लाभको योग छ । साथै दिन खुशी साथ बित्ने छ । परिवारमा पनि सुखको माहोल बन्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)आज तपाइको कहीं टाढाको यात्रा हुने दिन छ, परिवारमा खुशिको माहोल छाउनेछ । नयाँ ठाँउको यात्राको योग छ । पुराना साथीसँगको भेटघाटले मन हर्षित हुनेछ, दिन रमाइलो छ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)दैनिक प्रयोगको सामान बिग्रनाले अर्थ हानी हुन सक्छ, शरिरमा रोगले पनि सताउने दिन छ । स्वास्थ्य कमजोर हुनुको साथै काममा सफलता पाउन गारो पर्ला, सामान्य रोगब्याधले पनि सताउन सक्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ तर सोचेको काममा भने बाधा बेहोर्नु पर्ला । अरुको काम धेरै गर्नुपर्ला, जस पाउने सम्भावना कमै रहनेछ । काम गरे अनुसार फल भने थोरै मिल्ने समय छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)बन्द व्यापारबाट लाभ मिल्नेछ । स्वास्थ्यमा कुनै समस्या देखिने छैन, पढाइमा सफलता मिल्ने दिन छ । स्वास्थ्यमा सुधार हुने भएकोले नँया काममा ध्यान दिएमा मान सम्मान मिल्नेछ ।
प्रतिक्रिया दिनुहोस्