Ads

आजको मौसम : थोरै भू-भागहरुमा हुस्सु


काठमाडौँ । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी न्युनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम सफा रहेको छ । साथै तराइका थोरै भू-भागहरुमा हुस्सु लागेको छ ।

आज कोशी प्रदेशमा मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ भने मधेश प्रदेशमा पनि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।

त्यस्तै बागमती प्रदेशमा पनि मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । गण्डकी प्रदेशमा आज आंशिकदेखि साधारणतया बदली रहने सम्भावना रहेको छ । त्यस्तै लुम्बिनी प्रदेशमा  मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै आज सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टा कर्णाली प्रदेश  र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना छ । साथै बिहानको समयमा देशका तराई तथा उपत्यकाका धेरै स्थानहरूमा हुस्सु/कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य,यातायात तथा हवाई उडानमा असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू